७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गर्नुभएको हो