• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
एमबाप्पेको दुई गोल, फ्रान्स युरोमा छनोट

एजेन्सी । फ्रान्स आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो । नेदरल्यान्ड्सको योहान क्रुफ एरेनामा भएको खेलमा ७ औं मिनेटमा नै पाहुना टोली फ्रान्सले किलियन एमबाप्पेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।