© 2023
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा ग्यासको परिमाणमा अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण बजारमा अभाव देखिएको बताउनुभएको छ । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सचिव दुवाडीले यस्तो बताउनुभएको हो ।