६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह

गण्डकी । हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ