© 2023
झापा। दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उहाँ केही समययता मुटु र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित हुनुभएको