© 2023
एजेन्सी। दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात विकेटले पराजित गरेको छ। पाकिस्तानको कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको हो। पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभर पनि खेल्न सकेन ३८.२ ओभर खेलेको इंग्ल्यान्डले दक्षिण अफ्रिकासामु १८० रनको लक्ष्य प्रस्तुत गर्यो।