६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चितवनका पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत

चितवनका पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत
अ+ अ-

चितवन । जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको हो ।

जिल्लाको एकमात्रै गाउँपालिका ईच्छाकामनाका अध्यक्ष दानबहादुर गुरुङले पदभार ग्रहण गर्दै गर्दा पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभयो । उहाँको निर्णयमा विपन्न वर्गको पहिचान गरी स्वास्थ्य बीमा गर्ने उल्लेख छ । राप्ती नगरपालिकाले विपन्नलाई गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ । नगर प्रमुख शम्शेर लामाले खाना नहुनेलाई खानाको व्यवस्था, घर नहुनेलाई घरको व्यवस्था, कपडा नहुनेलाई कपडाको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र उपचार गर्न नसक्नेका लागि उपचारको व्यवस्था गरिने निर्णय गरेको बताउनुभयो ।

खैरहनी नगरपालिकाले पहिलो निर्णय छोरीबुहारी पढाउँ, अघि बढाउँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । थारु समुदायको बाक्लो बस्ती रहेको यस नगरपालिकाका प्रमुख शशी खनियाँले नगरभित्रका सामुदायिक विद्यालय, सार्वजनिक कलेज तथा क्याम्पसमा अध्ययनरत थारु, दलित, अपाङ्गता, अल्पसङ्ख्यक तथा विपन्न छात्राको शिक्षामा पहँुच पुरयाउन स्नातक तहको अध्ययनमा सहयोग पुग्ने गरी कोषको स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।

छात्रवृत्ति कार्यक्रममा परेका छात्राबाहेक उक्त समूहका अन्य छात्रालाई उच्च शिक्षासम्मको अध्ययन पूरा गर्न लाग्ने रकम कोषमार्फत विद्यार्थीलाई प्रदान गर्ने उहाँले बताउनुभयो । माडी नगरपालिकाले बघौंडा अस्पतालको बहिरङ्ग सेवामा सबै महिलालाई टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ । नगर प्रमुख तारकुमारी काजी महतोले नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनी उपचार गर्न जाँदा टिकट निःशुल्क गरेको बताउनुभयो ।

कालिका नगरपालिकाले विपन्नलाई स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेको छ । नवनिर्वाचित नगर प्रमुख विनोद रेग्मीले पालिकाभित्रका विपन्नको नगरपालिकाले बीमा गर्ने निर्णय गरेको बताउनुभयो । नगरभित्रका विपन्नताको तथ्याङ्क सङ्कलन गरेर उनीहरुको बीमा नगरपालिकाले गरिदिने नगर प्रमुख रेग्मीले बताउनुभयो ।

यसैगरी पालिकाभित्रका साना किसानको दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने निर्णय पनि उहाँले गर्नुभएको छ । किसानले उत्पादन गरेको दूध सहकारीमार्फत् बिक्री गर्दा प्रतिलिटर एक रुपैयाँ अनुदान दिने उहाँले बताउनुभयो । नगरपालिकामा छुट्टै हेल्प डेस्क स्थापना गरेर सेवाग्राहीलाई सहजीकरण गर्ने व्यवस्था मिलाइने रेग्मीले बताउनुभयो ।

रत्ननगर नगरपालिकाले गरिब तथा विपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । नगर प्रमुख प्रल्हाद सापकोटाले दूधमा प्रतिलिटर रु १, घाँस खेतीमा प्रतिकठ्ठा रु दुई हजार अनुदान दिने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार काम गर्न सकिने योजना मात्रै अघि बढाउने निर्णय गरिएको छ ।

भरतपुर महानगरपालिकाको पदभार ग्रहण गर्दै प्रमुख रेनु दाहालले महानगरभित्रका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको रु एक लाखको जीवन बीमा र मासिक ७ हजार लिटरसम्म पानी उपयोग गर्नेलाई निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । उहाँका अनुसार पहिलो कार्यकालमा भरतपुर अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरङ्ग टिकट सेवा निःशुल्क गर्दा प्रभावकारी देखिएपछि दोस्रो कार्यकालको पहिलो निर्णय छोरी केन्द्रीत गरिएको हो । यस निर्णयसँगै एक वर्षमा महानगरभित्रका एक हजार ७५० छोरीहरु लाभान्वित हुने अनुमान महानगरको छ । महानगरभित्रका ५२ प्रतिशत जनताले निःशुल्क खानेपानी पाउने अपेक्षा गरिएको छ । रासस