५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘युक्रेनमा रुसी आक्रमण विश्वव्यापी मुद्दा’: राष्ट्रपति बाइडेन



अ+ अ-

ल्यिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सङ्कट विश्वव्यापी मुद्दा भएको उल्लेख गर्दै त्यसले अन्तर्राष्ट्रिय व्यवस्था, क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता कायम राख्ने महत्वलाई बढाएको बताउनुभएको छ ।

टोकियोमा एशिया–प्रशान्त क्षेत्रका नेताहरूको ‘क्वाड’ बैठकमा चीनले दाबी गरेको स्वशासित टापु ताइवानको लागि अमेरिकी सैन्य समर्थन स्वैच्छिक रूपमा आएको टिप्पणी गरेको एक दिनपछि अमेरिकी राष्ट्रपतिले युक्रेन सङ्कट युरोपेली मुद्दा मात्र नभएर त्यो विश्वव्यापी विषय भएको बताउनुभएको हो ।

संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलिया सहभागी क्वाड बैठकमा युक्रेनको अवस्थाबारे मन्तव्य व्यक्त गर्दै उहाँले आफ्नो मुलुक अमेरिकाका सहयोगीहरूका साथमा रहने तथा स्वतन्त्र र खुला एशिया–प्रशान्त क्षेत्रका निम्ति लागिपर्नेमा जोड दिनुभयो । “अन्तर्राष्ट्रिय कानून, मानवअधिकार संसारमा जहाँसुकै उल्लङ्घन भएता पनि सधैं रक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार डाभोसमा विश्वव्यापी व्यापारिक नेताहरूसमक्ष पाशविक शक्ति प्रयोग गर्नबाट रोक्न विश्वले रूस विरुद्ध प्रतिबन्धहरू बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सम्भवतः युरोपेली सङ्घ केही दिनभित्र रूसी तेल आयातमा प्रतिबन्ध लगाउन सहमत हुनेछ र रुसबाट सर्वाधिक इन्धन आयात गर्ने जर्मनीले पनि मस्कोको इच्छामा तुषारापात गर्नेछ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमा देशले आफूलाई एक्ल्याए पनि चीनसँगको आफ्नो आर्थिक सम्बन्ध बढ्ने बताएको छ । “हामी केही दिन भित्रै सफलतामा पुग्नेछौं,” जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले भन्नुभएको छ ।

सत्ताइस सदस्यीय सङ्घका अधिकांश राष्ट्र रूसी ऊर्जामा निर्भर छन् । यस्तो परिस्थितिमा सङ्घले रुसी इन्धन आपूर्ति रोक्न द्रुत गतिमा अघि नबढेकामा किभबाट चर्को आलोचना खेप्नु परेको छ । हङ्गेरीले प्रतिबन्धमा सहमत हुनुअघि ऊर्जा लगानीको माग गरेको छ भने सङ्घका सदस्य राष्ट्रले पनि द्रुत स्वीकृतिमा जोड दिएका छन् । सङ्घले गैर–रूसी आपूर्तिको अभाव भएका मध्य र पूर्वी राष्ट्रहरूलाई दुई अर्ब यूरो सम्मको प्रस्ताव गरेको छ ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले संयुक्त राज्य अमेरिका र युरोपसँगको आर्थिक सम्बन्ध टुटेपछि क्रेमलिनले चीनसँगको सम्बन्ध विकासमा ध्यान दिने बताउनुभएको छ । “यदि उनीहरू ९पश्चिमा देश० सम्बन्ध पुनः सुरु गर्ने सन्दर्भमा केही प्रस्ताव गर्न चाहन्छन् भने हामी त्यसलाई आवश्यक भएनभएको सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्नेछौं, जब पश्चिमाहरूले तानाशाहको रुप लिएको छ, चीनसँगको हाम्रो आर्थिक सम्बन्ध अझ तीव्र हुनेछ,” उहाँले भन्नुभएको छ ।

सन् १९४५ पछि युरोपेली देशमा भएको रूसको तीन महिना लामो आक्रमणलाई सबैभन्दा ठूलो हो । आक्रमणबाट बच्न ६५ लाखभन्दा बढी विदेश पलायन भएका छन्भने सम्पूर्ण शहरहरू भग्नावशेषमा परिणत भएका छन् जसले रूसमाथि अनपेक्षित प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रहरूलाई प्रेरित गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले सोमबार युक्रेनका सहयोगीहरूलाई बन्दी आदानप्रदानका लागि मस्कोलाई दबाब दिन आह्वान गर्नुभयो । उहाँले “हामीलाई रूसी सेनाको आवश्यकता छैन, हामीलाई केवल हाम्रा चाहिन्छ, हामी भोलि पनि बन्दी आदानप्रदानका लागि तयार छौं,” भन्नुभयो ।