२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु



अ+ अ-

आटावा । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो ।

सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् ।क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुर्याएको बताइएको छ ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।