३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्
अ+ अ-

पोखरा । साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (र्याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे ।

पोखरास्थित र्यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवद्र्धन गर्नका लागि परिषद्ले मस्र्याङ्दी नदीको तल्लो भाग र्याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भटृराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरोना पछि विस्तारै चलायमान हुँदै आएको पर्यटन क्षेत्रमा साहसिक खेलको रुपमा पर्यटकले मनोरञ्जन लिन सक्ने र्याफ्टिङ प्रवद्र्धन गर्नका लागि पोखरा नजिकको उक्त गन्तव्यलाई छनोट गरेका हौँ ।”

अध्यक्ष भटृराईले पछिल्लो समय साहसिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएकाले यस्ता गन्तव्यको पहिचान र प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । कोभिड–१९ ले थलिएको पर्यटनलाई पुनः सञ्चालन गर्न, जलयात्राको वृहत सम्भावना बोकेका नदी संरक्षणसँगै यसको अतिक्रमण रोक्न र अव्यवस्थित विकासले उत्पन्न गराएको विनाश रोक्नका लागि सन्देश प्रवाहका लागि दुईदिने प्रवद्र्धनात्मक कार्यक्रम गरिएको उहाँको भनाइ थियो ।

पोखराबाट करिब दुई घण्टामै पुगिने तल्लो मस्र्याङ्दीबाट जलयात्राको आनन्द लिन सकिने भएकाले यसलाई प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने अध्यक्ष भटृराईले जोड दिनुभयो । सरकारले सानासाना हाइड्रोपावरका लागि जहाँपायो त्यहीका नदीलाई लाइसेन्स वितरण गर्दा पर्यटकीय महत्वका धेरै नदीको प्रकृतिक स्वरुप नष्ट हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो “हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ तर सरकारले तिनकोे महत्व नबुझ्दा धेरै गुमिसक्यो । अब बचेका केही महत्वपूर्ण गन्तव्यको संरक्षणमा स्थानीय निकाय र पर्यटनका सरोकारवालाहरुले चासो दिएर पहल गर्नुपर्छ ” अध्यक्ष भटृराईले अव्यवस्थित नदी उत्खनन हुँदा त्यसको बहावमा समेत असर पर्ने भएकाले जलयात्राका लागि उपयुक्त नदीहरु मासिदै जाने अवस्था रोक्न सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिनुभयो ।

र्यापिड रनर एक्सपिडिसन्सका प्रबन्धनिर्देशक एवम् र्याफ्टिङ एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष वीरेन्द्र लामाले जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएपनि कुन कुन स्थानमा कति बहावको जलयात्रा सञ्चालनमा छ भन्ने कुरा पर्यटकलाई जानकारी नहुँदा महत्वपूर्ण जलयात्रा स्थलहरु ओझेलमा परेको बताउनुभयो । सरकारले जलयात्राका लागि महत्वपूर्ण रहेका नदी संरक्षणमा ध्यान नदिँदा यस्ता गन्तव्य मासिदै जान लागेको उहाँको गुनासो थियो । अध्यक्ष लामाले भन्नुभयो “मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ड्याम बन्नु अघि न्यादी वा नजिकैको खुदीबाट बेसीशहर हुँदै बिमलनगरसम्म चार दिनको र्याफ्टिङ विदेशीले निकै रुचाउँथे तर अहिले दुई दिनमा सीमित भएकाले यसको आकर्षण पनि कम भएको हो कि भन्ने आभास भएको छ ।” जलयात्राको सम्भावना भएका नदीको अध्ययनसहित सरकारले नदी नीति ल्याएर यसको संरक्षण र प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष लामाका अनुसार नदीमा हुने बहावका आधारमा गरिने वर्गीकरणमा मस्र्याङ्दीमा तीनदेखी पााच प्लस सम्मका छालहरु छन् । माथिल्लो मस्र्याङदीमा चार प्लस र पाँच प्लसको छाल रहेको छ भने तल्लो मस्र्याङ्दीमा तीनदेखि तीन प्लससम्मको छ । गण्डकी प्रदेश भित्रको जलयात्रामा कालीगण्डकी अलि बढी प्रसिद्ध छ भने माथिल्लो मस्याङ्दी अलि बढी साहसिक मानिन्छ, यो विश्वको टप पाइभमा पनि पर्दछ । तल्लो मस्र्याङदी कम जोखिममा पर्दछ । नेपालका १६ वटा नदीमा र्याफ्टिङ हुने गरेको छ । जलयात्राका लागि दर्ता भएका १००भन्दा बढी र्याफ्टिङ कम्पनीमध्ये ८० वटा सञ्चालनमा छन् । सुरक्षाका सम्पूर्ण उपाय अपनाएर गरिने जलयात्रामा डुङ्गा पल्टाएर पनि जलयात्राको आनन्द लिइन्छ, जहाँ आयोजकहरुबाट ४० सेकेन्ट भित्र रेस्क्यु गरिने हुँदा जोखिम न्यून हुन्छ ।

जलयात्रा गराउने रिभर गाइडहरुले दुई वर्षको तालिम लिएपछि तेस्रो वर्ष मात्र लाइसेन्स दिइन्छ । तीन तहसम्मको नदीको बहावमा चलाउन सक्ने भएपछि मात्र व्यावसायिक अनुमति मिल्छ । चार र पाँच प्लसमा चलाउन सक्नेहरुलाई अन्तराष्ट्रिय लाइसेन्स प्रदान गरिन्छ । नेपालभर करिब चार हजार रिभर गाइडले लाइसेन्स प्राप्त गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो । जलयात्रामा प्रशस्त संभावना भएपनि नेपालमा सरकारी तहबाट सहयोग नभएको उहाँको गुनासो थियो । अध्यक्ष लामाका अनुसार असोज, कार्तिक, मंसिर, फागुन, चैत र बैशाख जलयात्राका लागि उपयुक्त मानिन्छ ।

लमजुङ राइनास नगरपालिका वडा नं ७ स्थित विरौटाको मस्र्याङ्दी नदी किनारमा र्यापिड रिसोर्ट एन्ड र्याफ्टिङ सञ्चालन गर्नुभएका सुरेन्द्र नखोलाले कोरोनापछिको समयमा जलयात्राको बारेमा जानकारी लिने र जलयात्रा गर्न आउनेको संख्यामा विस्तारै बढ्न थालेको बताउनुभयो । उहाँले केही दिन अघि मात्र नेदरल्याण्डको एक टोली आएको र अहिले आन्तरिक पर्यटकले पनि विशेष रुचि लिएर आउन थालेका छन् भन्नुभयो ।