१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीे अमेरिका भ्रमणमा



अ+ अ-

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गर्नु भएको छ  । उहाँको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नुहुने छ । 

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने  समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच  कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरुबारे छलफल हुने  अपेक्षा गरिएको छ ।उहाँहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बीच बलियो बनाउने उपायहरुका बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधान मन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री मोदीकोे सेप्टेम्बर २२–२५ सम्मको अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नुहुने छ । प्र्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको  शिखर सम्मेलनमा भाग लिनु हुने छ । यस सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन सहभागी हुनुहुने भएको छ 

प्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभा ९युएनजीए० को ७६ औं सत्रको सम्बोधन गर्नुहुनेछ । (रासस)