१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोर एरियामा समेत बालेनलाई सहज, तेस्रो स्थानमा भए पनि थोरै मतले मात्र पछि



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जारी मतगणना अहिले कोर एरियामा भइरहेको छ । अहिले नेवारहरुको बाक्लो बस्ती रहेको वडा नं ११, १२, २३, २४, २५, २६ र २७ को मतपेटिकाका मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का केशव स्थापितलाई यी क्षेत्रबाट बढी मत आउने अपेक्षा गरिएको थियो ।

यद्यपि यसअघि नै मतगणनामा करिब १७ हजार मतान्तरले अगाडि रहेका स्वतन्त्र उम्मेदार बालेन साहभन्दा नेवार समुदायबाट आफूहरुलाई बढी मत आउने अपेक्षा गरेका सिंह र स्थापितलाई सोचेजति मत आउन सकेको छैन ।

सिंह र स्थापितलाई यी क्षेत्रबाट बढी मत आए पनि तेस्रो स्थानमा मत ल्याएका साह यी दुई उम्मेदवारभन्दा थोरै मात्र मतले पछि छन् ।

यी वडामा अहिलेसम्म जम्मा १९ हजार २०१ मत गणना भइसकेको छ । सोमध्ये सबैभन्दा धेरै मत एमालेका स्थापितले ल्याएका छन् । उनले चार हजार ४२५ मत ल्याएका छन् । दोस्रो बढी मत ल्याउने कांग्रेसकी सिंहले चार हजार ४१२ मत ल्याएकी छन् । त्यस्तै साहले यी क्षेत्रबाट चार हजार १५१ मत हासिल गरिसकेका छन् ।

समग्रमा हेर्दा बालेल साह नै अहिलेसम्म अग्रस्थानमा छन् भने सिंहले स्थापितलाई उछिनिसकेकी छन् । बाहिरी क्षेत्रमा बालेनले धेरै मतले अग्रता गरेकाले कोर एरियामा केही मतले पछि परे पनि उनलाई खासै असर नपर्ने देखिएको छ ।

कोर एरियामा पनि आठ वटा वडामा स्थापितले अग्रता हासिल गरिरहेका छन् भने सिंहले दुईवटा र साहले एउटा वडामा अग्रता बनाइरहेका छन् ।

अहिलेसम्मको मतगणनमा साहले ३९ हजार ५१५ मत ल्याई आफ्नो अग्रतालाई कायमै राखेका छन् । दोस्रो स्थानमा रहेकी सिंहले २२ हजार २७० मत पाएकी छन् भने त्यसपछि स्थापितले २१ हजार ७७५ मत हासिल गरेका छन् ।