३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका सिधा हवाई उडान आवश्यक

नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका सिधा हवाई उडान आवश्यक
अ+ अ-

काठमाडौं, ७ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो । पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवद्र्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरुले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गर्नु भयो । राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यामबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पार्नु भयो ।

राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गर्नु भयो ।