२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका सिधा हवाई उडान आवश्यक



अ+ अ-

काठमाडौं, ७ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो । पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवद्र्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरुले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गर्नु भयो । राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यामबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पार्नु भयो ।

राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गर्नु भयो ।