५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित



अ+ अ-

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँले पाँच हजार ६९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गर्नुभयो । सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा) नेपाल का रेणकुमारी साह निर्वाचित हुनुभएको छ । निर्वाचित साहले पाँच हजार १५४ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गर्नुभयो ।

बोदेबर्साइन नगरपालिकामा कूल २१ हजार २९१ मतगणना भएको थियो । रासस




भर्खरै