९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर – महामन्त्री थापा

गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर – महामन्त्री थापा
file photo
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताउनुभएको हो । उहाँले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताउनुभयो । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आव्हान गरेको भएपनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उहाँले बताउनुभयो । उहाँले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गर्नुभयो ।

गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिदा कांग्रेसको जित सहज भएको उहाँको विश्लेषण छ । उहाँले भन्नुभयो – ‘नेपाली कांग्रेसको मतदाताले आफ्नो चुनाव चिन्ह बाहेकको अर्को चुनाव चिन्हमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो । कांग्रेसको मतदाताहरु अन्य पार्टीको जस्तो संगठित मतदाता होइन । कसैले धोका दिन्छ र धोका दिन्न भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु खटिएर लागेका थिए, आफुसँग तालमेलमा भएका दलहरुलाई पनि सँगै मत हालौँ भनेरै लागेका थिए । उदाहरणका लागि म काठमाडौंको मेयरमा रुख, उपमेयरमा कलम चिन्ह लिएको गठबन्धनलाई लिएर मतदाताको बिचमा गएँ । तर मैले आफ्नै वडामा हेरें अथवा कतैपनि हेरें भनेदेखि त्यो दुईवटाको विचमा असाध्यै धेरै ठुलो फरक पाउँछु ।

हामी कसैले कलम चिन्ह लिएको उपमेयरको उम्मेदवारलाई धोका दियौँ वा कम मत दियौँ भनेर होइन । हामीले मतदातालाई आव्हान ग¥यौँ । हाम्रो कुरा, हाम्रो मतदाता भनेको चाहीँ हाम्रो आदेश पालना गर्ने, हामीसँग असाध्यै धेरै कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता होइन । त्यसैले मलाई लाग्छ यो हुने नै हो । हामीले चर्चा गरेको ठाउँको उम्मेदवार लडेको पार्टीकोे आफ्नो मतदाताको शक्ति वा बेश २० प्रतिशत जति छ । जित्नका लागि १०० मान्ने हो भने अर्को ८० त्यहाँ खन्याइदिनुपर्छ ।

नेपाली कांग्रेस भएको ठाउँमा नेपाली कांग्रेस ८० छ । उसलाई २० थपिदिदाँ खेरी १०० हुने हो । कम्युनिष्ट पार्टीको ठाउँबाट एउटा थप्न पनि सजिलो । उहाँहरुको कार्यकर्तामा आधारित पार्टी छ । अर्को थोरै थप्नुपर्ने भएकाले पनि त्यो व्यवहारिक भयो । कांग्रेसलाई चाहीँ गठबन्धनमा जाँदै गर्दाखेरी अन्य पार्टीले भोट हालेको जस्तो । कांग्रेसले अन्य चिन्हमा भोट नहालेको जस्तो देखिनुको दुईवटा कारण मलाई लाग्छ ।’

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताउनुभयो । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने उहाँको भनाई छ । उहाँले प्राप्त मत परिणामबाट पार्टीहरुसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको शन्देश आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘शहरी मतदाताको बिचमा एउटा राजनीतिक दलहरुले जसरी डेलिभर गरिदेओस् भन्ने चाहाना छ । शासनको सन्दर्भमा । परिणाम देओस् भन्ने कुरा छ । अझ यो बढी युवाहरुको बिचमा जुन छ, यो विषयको सन्दर्भमा हामीले आफुलाई प्रमाणित गर्नुपर्ने छ । हामीले कुनै प्रतिक्रिया दिने भन्दापनि हाम्रो एक्शनबाट देखिनुपर्ने छ ।

अर्को एकदमै धेरै राजनीतिक आकांक्षा बोकेका थुप्रै तन्देरीहरु छन् । दलको बाटोबाट जाँदै गर्दा हामीले यति धेरै भ¥याङहरु बनाएका छौँ कि त्यो भ¥याङ चढ्दा उनीहरु थाकिसक्छन् । हामी यदी अलिकति खुल्ला भयौँ । राजनीतिक आकांक्षा बोकेको, क्षमता पनि भएका मानिसहरुलाई हाम्रो दलहरुले केही खुड्किला तिमीले चढ्नु पर्दैन तिमीले अरु ठाउँ चढेर आएको खुड्किलाहरु यहाँ काम लाग्छ भन्ने बनायौँ भनेदेखि त्यसले हामीजस्ता दलहरुलाई फाइदा पुग्ने हो । त्यसैले हामीले यसबाट प्रतिक्रिया दिने भन्दा सिक्ने कुरा हो । हामीले अलिकति उम्मेदवार छान्ने तरिका, नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा अलि खुला, उदार हुनुप¥यो । उनीहरुलाई ठाउँ पनि दिनुपर्यो ।

हाम्रो काम गर्ने तरिकाबाट हामिले मौका पाएको, जिम्मेवारी पाएको वडाबाट सन्तुष्टि छैन । हामीले परिणाम अझै दिन सकिरहेका छैनौ भन्ने तर्फपनि केही शन्देशहरु छ । त्यो शन्देशलाई ग्रहण गर्नुपर्छ । मतदाता एउटा शन्देश दिन चाहिरहेका थिए । कांग्रेस, एमाले जस्ता ठुला पार्टीहरुलाई के शन्देश दिन खोजिरहेका छन् काठमाडौंमार्फत् भन्ने बुझ्नुप¥यो । हामी तपाईहरुले सञ्चालन गरेको तरिकासँग सन्तुष्ट छैनौँ । तपाईहरुले काम गर्ने तरिकासँग सन्तुष्ट छैनौँ । त्यो शन्देश दिने चाहीँ यो पटक प¥यो । अहिलेको उम्मेदवार पर्नुभयो ।’

उहाँले स्थानीय तह निर्वाचनको मत परिणामको सम्बन्धमा गठबन्धनका दलहरु बिचमा आ–आफ्नो पार्टी भित्र समिक्षा हुने पनि बताउनुभयो ।