२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगरनाथपुर गाँउपालिकामा कांग्रेस



Nepali Congress
अ+ अ-

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गर्नुभयो ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मीरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गर्नुभयो ।