२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी



अ+ अ-

बलेवा । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका , काठेखोला , बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले विजय हासिल गरेको हो । यसैगरी नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका रे ढोरपाटन नगरपालिको जितेको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढा र निसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

यसअघि जैमिनी, गलकोट , निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिका , जैमिनी र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।

जैमिनीमा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटनमा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गर्नुभएको छ ।

तमानखोलामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित हुनुभयो भने बरेङमा दिलीपकुमार पुन र ताराखोलामा भीमबहादुर रोकाले जीत हासिल गर्नुभयोे ।

जैमिनीको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित हुनुभयो । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जित्नुभयो । ताराखोलाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङको उपप्रमुख, गलकोटको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जित्नुभयो भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जित्नुभयो ।

अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।