९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

जनप्रतिनिधिहरु पद सम्हाल्दै तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका मेयरको सपथ

जनप्रतिनिधिहरु पद सम्हाल्दै तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिका मेयरको सपथ
अ अ+ अ-

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मेयर महर्जनले शुक्रवार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दीहरु नेकपा(एमाले)का रामेश्वर बोहराले ७ हजार ८०८ र नेकपा(एकीकृत समाजवादी)का लवकुमार बस्नेतले १ हजार ७३२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तारकेश्वर नगरपालिकाको उपमेयरमा १० हजार ७८६ मत सहित नेपाली कांग्रेसकै सृजना बुर्लाकोटी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)की भवानी डोटेलले ८ हजार ६ मत र नेकपा(माओवादी केन्द्र)को धनलाल महर्जनले १ हजार ९९५ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै काठमाडौंकै बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्वाचित मिठाराम अधिकारीले पनि शुक्रवार पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेकपा(एमाले)बाट निर्वाचित अधिकारीले १४ हजार २५० मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा(एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपमेयरमा पनि नेकपा(एमाले)ले जित हासिल गरेको छ । १४ हजार ३१४ मतसहित एमालेकी अनिता लामा उपमेयरमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२, नेकपा(एकीकृत समाजवादी)की प्रमिला सापकोटाले १ हजार ८८८ र माओवादी केन्द्रकी कमला गौतमले ८२७ मत प्राप्त गर्नुभएको छ ।