९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

पेशागत महासङ्घ २८औँ वर्षमा प्रवेश

पेशागत महासङ्घ २८औँ वर्षमा प्रवेश
अ अ+ अ-

काठमाडौँ । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित २८औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने तयारी भएको र सङ्गठनलाई थप प्रभावकारी बनाउने योजना ल्याइने बताउनुभयो ।

महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिनुभयो । महासङ्घका सचिव डा ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामती कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जीनियरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।

ट्रेड युनियन अधिकार र हितको प्राप्ति तथा संरक्षण गर्दै पेशागत सङ्घ–सङ्गठनमा आवद्ध शक्तिलाई एकापसमा समायोजन तथा सवलीकरण गरी राष्ट्रको सेवामा समर्पित भई पेशागत दक्षता वृद्धि गर्न विसं २०५२ जेठ ५ गते सो महासङ्घको स्थापना भएको थियो । सुरुमा पेशागत ऐक्यबद्धता मञ्च नेपालको नामबाट स्थापित सो संस्थाको २०५३ जेठ ४ र ५ गतेको राष्ट्रिय भेलाबाट महासङ्घमा परिणत भएको हो ।