२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन’ : जीवनराम श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उहाँले काम नै नसकिएका आयोजना सम्पन्न भयो भनेर शुभारम्भ गर्ने प्रवृत्तिका कारण हालसम्म पनि समस्या खडा भएको बताउनुभयो ।

“आफ्नो बेलामा उधुम नै गर्यौभनेर केही माननीयज्यूहरूले धारणा राखेको देखियो । तर, वास्तविकता त्यस्तो छैन, धरहराको छेउमा चियापसल गर्नेले उद्घाटनपछि के पायो भनेर हेर्नुपर्छ कि पर्दैन रु” उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले कृषि क्षेत्रमा गएको अनुदान वास्तविक किसानले पाउन नसकेकामा गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको बताइए पनि खास अर्थमा ती आयोजनाले प्राथमिकता पाउन नसकेको र आवश्यकतानुसार बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अर्थतन्त्र निर्माण गर्ने गरी बजेटको प्रबन्ध गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा भाग लिन पाउने व्यवस्था गर्न माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसिसी ठिक नभएको तर्क गर्नुभयो ।

नेकपा (एमाले)का सांसद विद्या भट्टराईले चालु आवको १० महिनामा रु १५ खर्बको आयात हुँदा निर्यात त्यसअनुरुप हुन नसकेको तथ्य पेश गर्दै निर्भरतामुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

उहाँले उद्यमशीलताका क्षेत्रहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने, स्वास्थ्यमा लगानी गरी नागरिकको मौलिक हकको कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद एकवाल मियाँले चुरेको संरक्षण गर्न तथा समानुपातिक बजेटको प्रबन्ध गर्न तथा विकास निर्माणको कामलाई प्रभावकारी बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले जलाशयुक्त आयोजनाको विकास गर्न नसकिएकाले आवश्यक परेको बेलामा ऊर्जाको सङ्कट पर्ने भएकाले यसमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।