२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत गणनास्थल बाहिर फस्टायो व्यापार



अ+ अ-

झापा । निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्नुहुन्छ । अनि सुरु गर्नुहुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर सुरु हुन्छ । यसरी उहाँको दिन बित्ने गरेको छ दिन भयो ।

मेचीनगर नगरपालिकाको १५ वटै वडाको मतगणना यतिबेला नगरपालिकाको कार्यालयभित्र भइरहेको छ । मत परिणाम सुन्न बसेका दलका कार्यकर्ता राति अबेरसम्म र बिहान उज्यालो नुहँदै आइपुगेर चिया नास्ताको अर्डर सुरु गर्छन् । जिल्लाका पाँचवटा पालिकाको परिणाम आइसके पनि १० पालिकाको गणना जारी छ ।

आफूले मत दिएको पार्टीको परिणाम सुन्न आउने विभिन्न क्षेत्रका मतदातादेखि नेतासम्म गरी दैनिक एक हजार ५०० को हाराहारीमा नगरपालिका आसपास क्षेत्रमै हुन्छन् । उनीहरुलाई नै लक्ष गरेर मेचीनगर नगरपालिकाको गेट नजिकै चलिरहेको आधा दर्जन होटलसहित सडकमा चियानास्ता बेच्नेहरुको पसल यतिबेला बढेका छन् । लामो समयदेखि इँटाभट्टा बजार चोकमा आलु र प्याजको पकौडा बेच्दै आउनुभएका निरुको अझै एक हप्ता त्यही व्यवसाय फस्टाउने देखिन्छ । “बजारतिर मान्छे छैनन् । सबै यतै भीड लागेका छन्”, उहाँ भन्नुहुन्छ, “व्यापार पनि हुने, चुनाव पनि हेर्न पाइने भनेर यतै व्यवसाय सुरु गरेको हुँ । अब भोट गनिसकेपछि पुरानै ठाउँमा फर्किन्छु ।” उहाँले दैनिक खर्च कटाएर रु एक हजार ५०० बढी आम्दानी गर्दै आएको बताउनुभयो ।

निरुजस्तै पालिकाको परिसरमा खुद्रा व्यापार सुरु गर्ने यतिबेला १० जना छन् । सबै पसलका व्यापारीलाई चिया, नास्ता, पापड, पकौडा बनाएर बेच्न भ्याइनभ्याई छ । झण्डै एक महिनायता विभिन्न स्थानका चोक बजारमा व्यवसाय चलाउँदै आएका उनीहरुको व्यापार ठप्प थियो । “आम्दानीसँगै रमिता हेर्न मज्जा आइरहेको छ”, जेठ ३१ गते अपराह्नदेखि मत गणनास्थल परिसरमै पापड, पकौडा बेच्दै आउनुभएकी लिली चौधरीले भन्नुभयो, “बिक्री पनि राम्रो भइरहेको छ, ग्राहकले कुरेर पनि बस्नु पर्दैन । अर्डरको सामान पु¥याउनै धौधौ छ । उहाँलाई श्रीमान् र छोरीले पनि साथ दिइरहेका छन् ।

लामो समयदेखि नगरपालिका छेउमै होटल सञ्चालन गर्दै आउनुभएका रमेश केसीको दिनमै जस्तो रातमा पनि यतिबेला व्यापार चलेको छ । उहाँका होटलमा मत परिणाम सुन्न आएका राजनीतिक दलका कार्यकर्ता, उम्मेदवारदेखि पार्टीका नेतासम्मको खाना, खाजा, चिया खानेको भीड लाग्ने गर्छ । निर्वाचन अधिकृतले बल्ल १, २ र ३ नं वडाको नजिता घोषणा गरेका छन् । वडा नं १ को नजिता निकाल्न ६० घण्टा लगाएको निर्वाचन अधिकृतको कार्यालयले बाँकीमा मने त्यति धेरै नलाएको जनाइए पनि स्थानीय पत्रकार प्रकाश पौडलले जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगरमा मतगणना ढिलो भइरहेको हुँदा अझै एक हप्ता लाग्न सक्ने बताउनुभयो ।

सडक किनारमा पाल टाँगेर व्यापार सुरु गरेका व्यापारी र होटल सञ्चालकको पनि व्यापार व्यवसाय फस्टाएको छ । ठूला होटलमा भन्दा यतिबेला चिया, नास्ता र पकौडा, पापड बिक्री गर्ने खुद्रा पसलमै ग्राहकको भीड लाग्ने गरेको छ ।