२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन कारागारमा ७४१ कैदीबन्दी, सबैभन्दा बढी जबरजस्ती करणीका



अ+ अ-

चितवन । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ ।

कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये एक महिला बन्दी हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबरर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो सङ्ख्यामा लागुऔषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागुऔषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उहाँले बताउनुभयो ।

लागुऔषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा छन् । उनीहरु २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ जना महिला गरी १०२ छन् । गैँडाको खाग बिक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ रहेको कार्यालयले जनाएको छ ।

यस्तै अन्य डाँका, ज्यानमार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव मेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ती शुद्धिकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।

आचार्यका अनुसार उनीहरुसँगै दुईजना आश्रित नाबालिका रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उहाँको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो ।

यस कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६९० जना र २५ जना कैदी बन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् ।