६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको दीगो आर्थिक विकासको आधार तयार: प्रधानमन्त्री

गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको दीगो आर्थिक विकासको आधार तयार: प्रधानमन्त्री
file photo
अ+ अ-

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताउनुभयो ।

उहाँले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पु¥याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँँले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहांँले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिनुभयो । उहाँले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताउनुभयो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताउनुभयो । उहांँले शान्तिको सन्देश लिएर नेपाली र अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन मन्त्रालयमार्फत् सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताउनुभयो । यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताउनुभयो ।

उहाँंले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुभयो । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्मित यो विमानस्थल अन्तरराष्ट्रिय उडान सञ्चालनमा आएपश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प बन्नुका साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भई वायुयान उडान अवतरण हुन नसक्ने अवस्थामा छिमेकी मुलुकमा पुर्याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकामा अवस्थित यस विमानस्थललाई नेपालको एक बहुआयामिक आयोजनाको रुपमा लिइएको जनाउँदै उहाँले यो गौतमबद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुकासाथै विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यम भएको जनाउनुभयो ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् । यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।