२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४३.१० अंकले गिरावट, ३ अर्ब ६६ करोडको कारोबार



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ । आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबार ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य वृद्धि भएको छ ।

नेप्सेका १३ उपसमूह राताम्मै भएको छ । जसमा सबै भन्दाबढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । अरुण भ्यालु हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरी १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।