२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाको अग्रता कायमै



अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४३३, नेकपा (एमाले)का रवीन्द्र लाछिमस्युले ३७१, नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले १४४ र स्वतन्त्रतर्फबाट सत्यराम त्वायनाले ३०४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेमकिपाका रजनी जोशीले तीन हजार ९९१, गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका ओमचरण अमात्यले २५२, नेकपाका इन्द्रमाया सुवालले १६५, नेकपा (एमाले)का रञ्जना चापागाई खबुजाकले ३९८ मत प्राप्त गरेको छ ।

वडाध्यक्षमा नेमकिपाबाट क्रमशः १, २, ३ मा १८४६, ६१६, १४९४ मत प्राप्त गरेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेसकाबाट ४२, ७८, २०६, एमालेबाट क्रमशः ३५४,११२,९२ र माओवादीबाट १९, ५१ र ५६ मत प्राप्त गरेको छ । रासस