१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर काँग्रेसको चुनावी माहोल, पालिकामा देउवाको बर्चस्व बढ्दै



अ+ अ-

काठमाडौँ । यतिखेर देशैभरि नेपाली काँग्रेसको नगर अधिवेशनको माहोल छ । नेपाली काँग्रेसले हिजो शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । आज पनि कतिपय स्थानमा मतदान जारी छ ।

केही पालिकामा मतपत्र नै जलाइएको छ भने केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ । नेपाली काँग्रेसको पालिका अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । पोखरा महानगरको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्, उनी रामचन्द्र पौडेल पक्षका हुन् । 

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पूर्व सांसद कञ्चन वादे श्रेष्ठ पक्षले उठाएका उम्मेद्वारहरुले हारेका छन्, बनेपामा उनले शान्ति रत्न शाक्यलाई सभापतिमा उठाएका थिए ।

बनेपा नगर सभापतिमा महेश कर्माचार्य विजयी भएका छन् भने बेथाञ्चोक गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना आएका छन् । यी दुबै जना केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षका व्यक्ति हुन् । त्यस्तै पनौती नगरपालिको नगर सभापतिमा रामशरण भण्डारी सर्वसम्मत भएका छन् भने नमोबुद्ध नगारपालिकाको निर्वाचनबाट सर्वसम्मत रुपमा कुन्साङ लामा सभापति भएका छन् ।

यसैगरी पाँखाल नगरपालिकाका मेयर महेश खरेलले सञ्जय लामालाई सर्वसम्मत सभापति बनाएका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षको टिमले अधिकांश पालिकामा चुनाव जितेको छ । रुपन्देहीका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिएका थिए ।

रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाएका थिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिश खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।

१३ जिल्लाको क्रियाशील सदस्यको विवाद नमिलेका कारण ति जिल्लाको वडा अधिवेशन हुन सकेको छैन, जसमध्ये नेपाली काँग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन । सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए ।