६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आठ जनालाई नइ पुरस्कार

आठ जनालाई नइ पुरस्कार
अ+ अ-

काठमाडौं । नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ ।

त्यसैगरी सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा सदैव समर्पित भई मातृभूमिप्रति गरेको विशिष्ट योगदानका निम्ति श्री भैरव रिसाललार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत जनमनका प्रिय कलाकार श्री सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।

नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउने ऐतिहासिक योगदान गरेबापत प्रा।डा।दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गरिने भएको छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समर्पित रहँदै नेपालमा टेष्टट्युव चिकित्साको गुरुत्तर भूमिका, सफल प्रयोग र अनुकरणीय योगदानका लागि डा।भोला रिजाललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ ।

गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई जनमन छुन सफल प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत डा।रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गरिने भएको छ ।

ताम्रपत्र सहित यी आठै वटा पुरस्कार जनही एक लाख रूपियाँ राशिका रहेका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।