२४ भाद्र २०८३, बुधबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपालले एमालेलाई टर्च बालेर खोज्ने भन्नु मच्छरले सपनामा सिंगै हात्ती खाएजस्तै’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आगामी चुनावमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने भन्ने अभिव्यक्तिलाई काउन्टर दिएका छन् । 

पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले माधव नेपालको उक्त अभिव्यक्तिलाई जवाफ फर्काउँदै मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै रहेको बताएका हुन् । 

ओलीले भने, ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।,’ 

यस्तै पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताउँदै ओलीले क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको जनाउँदै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

यता, हेटौंडामा शनिबार भएको मकवानपुर जिल्लास्तरीय भेला तथा सपथग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आगामी चुनावको नतिजाले एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने दाबी गरेका थिए ।