६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक प्रिती भुषाल सहितको टोलीबाट सगरमाथाको सफल आरोहण



फाईल फोटो
अ+ अ-

काठमाडौ । डाक्टर प्रिती भुषाल सहितको टोलीले आज विहान सगरमाथाको सफल आरोहण गरेको छ । समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर मार्फत विश्वभर प्रवाह गर्ने लक्ष्य सहित डाक्टर प्रितीको टोली करीब तीन साता अघि आरोहण अभियान शुरु गरेको थियो ।

कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहेका चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको डाक्टर भुषालले बताइन्। ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रो लक्ष्य रहेको डाक्टर भुषालले बताइन् । हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा आफूले सगरमाथा आरोहण गरेको भुषाल बताउँछिन् ।

अर्घाखाँची स्थायी घर भई हाल राजधानीको बाँसबारीमा बस्दै आएकी भुषाल सानैदेखि हिमाल आरोहणमा विशेष रुची राख्थिन् । भुषालले गत वर्ष ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरेकी थिइन् ।