१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जटिल, मतदाता शिक्षा गाउँमा पुगेन, बदर मत बढ्न सक्ने



अ+ अ-

काठमाडौँ । यसपालिको मतपत्र झन्झटिलो भएको मतदाताले गुनासो गरेका छन् । यसपालिको मतपत्र पहिलेको तुलनामा निकै नै झन्झटिलो भएको र मत दिन गाह्रो भएको मतदाताहरुको गुनासो बढेको छ । यसपालि नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले चुनावी गठबन्धन गरेर गएका र जसका कारण एउटै मतपत्रमा पनि कम्तीमा पनि पाँच पार्टीका निर्वाचन चिह्न खोज्नुपर्ने बाध्यता छ ।

पहिले पहिले मतपत्रमा एउटै चिह्न रोज्दा हुनेमा यस पटक भने प्रमुख देखि वडा सदस्यसम्म पाँच पार्टीका उम्मेदबारको चिह्न खोज्नुपर्ने बाध्यता मतदातालाई रहेको छ । जसका कारण मत हाल्न जटिल हुनसक्ने मतदाताको आंकलन छ ।

मतदानका लागि खटेका कर्मचारीहरुले पनि यस्तै गुनासा गरेका छन् । उनीहरुले मतहाल्न सिकाउनै नसकिएको बताएका छन् । निर्वाचनका कर्मचारीले विभिन्न स्थानमा नमूना मतदात गर्ने गरेका थिए । यस्तो नमूना मतदानमा पनि उनीहरुले ठूलो संख्यामा मत बतर भएको पाएका छन् । कुनै कुनै स्थानमा त ७७ प्रतिशत सम्म पनि मत बदर भएको पाएका छन् । जसका कारण यस पटक बदर मतको प्रतिशत धेरै हुन सक्ने अनुमान उनीहरुको छ ।

नमूना मतदानमा ७७ प्रतिशतसम्म मत बदर भएको पाइएको एकजना निर्वाचन अधिकृतले बताए । विगतमा निर्वाचन आयोगले गाउँगाउँमा मतदान शिक्षा लागू गरेको थियो । तर यसपालि भने आयोगले गाउँसम्मको मतदाता शिक्षा कार्यक्रमलाई समेटेन जसका कारण यसपालि मतदान बदर हुने देखिएको छ ।

निर्वाचन आयोगले अहिलेको जमानामा घरघरमै आयोगका कर्मचारी पुगेर मत हाल्न सिकाउने होइन यतिका मिडिया छन् मिडियाबाट सिकाए हुन्छ भनेर पहिलेको जस्तो मतदाता शिक्षा कार्यक्रम राख्न मानेका थिएनन् । उनले मिडिया र सोसियल मिडियाबाट यस्तो कार्यक्रम ल्याइएको बताएका छन् ।