१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा सातामै न्यून सङ्क्रमण



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज गएको एक हप्तायताकै सबैभन्दा कममा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यहाँ आज १० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

यसअघि असोज ३ गते यस प्रदेशमा चार जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसयता सङ्क्रमणदर बढ्दै गएकामा आज घटेको हो । असोज ४ गते ५३, असोज ५ गते ३९, असोज ६ गते ३८, असोज ७ गते ४६, असोज ८ गते ३४ र असोज ९ गते २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७२ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सात जनामा एन्टिजेन र तीन जनामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । 

पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा एन्टिजेनमा कञ्चनपुरका छ र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार यस प्रदेशमा २१ जनामा सङ्क्रमण पुष्टि हुँदा ४१ जना सङ्क्रमणमुक्त भएका छन् ।