२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार



अ+ अ-

काठमाडौँ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको भन्दै आफ्ना पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकका रुपमा अनुमति दिन निर्वाचन आयोगले अस्विकार गरेको छ ।

गत मंसिर २३ मा नेकपा (माओवादी केन्द्र) ले जारी गरेको सूचीमा डा यादव केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको उल्लेख गरिएको छ ।

पर्यवेक्षणका लागि उहाँको नाम आएको तर आयोगकै एक व्यक्तिले उहाँ कुनै एक राजनीतिक दलको केन्द्रीय विभागमा आबद्ध भएको जानकारी गराएसँगै सोधपुछ गर्दा आबद्धता प्रमाणित भएपछि पर्यवेक्षणका लागि अनुमति दिन नसकिएको बताइएको छ ।

विशेष पर्यवेक्षकका रुपमा आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकासप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई अनुमति दिने गरेको छ ।