२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा हिंसा भड्कियो, प्रधानमन्त्रीकाे घरमा आगजनी, गोली लागेर सांसदको मृत्यु



अ+ अ-

काठमाडौँ । आर्थिक संकटले समस्याग्रस्त बन्दै गएको श्रीलंकामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीहरु र सरकारी अधिकारीहरुलाई लक्ष बनाएका बताइएको छ ।

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा आन्दोलन जारी रहेको र सोमबारदेखि हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ तथा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रधानमन्त्री राजापाक्छेले भने सोमबार राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीकै भाई राष्ट्रपति गोटाबाय राजापाक्छेले उनको राजीनामा स्वीकृत गरेका छैनन् ।

प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका प्राप्त समाचारमा जनाइएको छ । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

उता प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । मंगलबार पनि बिहानैदेखि झडपहरु सुरु भएका छन् । झडपमा परेर सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो । सरकार विरोधी प्रदर्शनमा सांसद अमरकिर्थीले नै गोली चलाएको बताइएको छ ।




भर्खरै