६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछः गृह मन्त्रालय

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछः गृह मन्त्रालय
अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।

निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति जनाइएको छ ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ ।

मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ । निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो । निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।