६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भूमि निस्सा वितरण गर्ने कार्य तत्काल रोक: निर्वाचन आयोग

भूमि निस्सा वितरण गर्ने कार्य तत्काल रोक:  निर्वाचन आयोग
file
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।

निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । आयोगले कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

निर्वाचन आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिता विपरित भूमिको निस्सा बाँडने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ । आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेको भन्दै ३ दिन भित्र आयोगमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो । त्यसैगरी आयोगलाई स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने मितिसम्म भूमि निस्सा वितरण गर्ने कार्य स्थगित गर्न पनि निर्देशन दिइएको प्रवक्ता पौडेलले बताउनु भयो ।

निर्वाचन आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ ।

निर्वाचन आयोगले निर्वाचनको मिति बैशाख ३० गते भन्दा अघि बैशाख २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्न पनि सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देश गरेको छ । आयोगका प्रवक्ता पौडेलले भन्नु भयो, ‘मिति २०७९ बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य सख्न निषेध गर्न आयोगले निर्णय आयोगले गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसा कलम बाहेक कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बारेमा सञ्चार माध्याममा प्रकाशित भएका समाचार सरकारी गाडी लिएर काँग्रेसको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्री भन्ने समाचारप्रति आयोगको ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता २०७८ को को खण्ड क अनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफै उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न हुँदैन । प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी निर्वाचन प्रचार गर्न आचारसंहिता विपरित हो, होईन । तपाईलाई निर्वाचन आचारसंहिता उलंघनमा किन कारबाही हुनुनपर्ने हो ? पत्र प्राप्त भएको मितिले ३ दिन भित्र आयोगमा प्राप्त हुने गरी आयोगले निर्देशन गर्दछ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्कालाई पत्र प्राप्त भएको मितिले ३ दिन भित्र जवाफ पेश गर्न भनेको छ । मिति २०७९ बैशाख २३ गते तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरित वा प्रत्येक्ष प्रभावित पार्न चितवनको भरतपुर ११ गणेशथानमा भूमिको निस्सा बाँडेको भनि उल्लेख भएको समाचार विभिन्न समाचार माध्याममा प्रकाशित भएकोप्रति आयोगको गम्भिर ध्यानाकर्षित भएको छ ।

स्थानीय तह निर्वाचनको सम्मुखमा भारतपुरका जनतालाई भूमिका निस्सा बाडेको हो वा होईन । नेपाल सरकारबाट गठित आयोगले निर्वाचन आचारसंहिता विपरित यसो गर्न हुन्छ वा हुँदैन ? पत्र प्राप्त भएको मितिले ३ दिन भित्र स्पष्ट जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ । साथै राष्ट्रिय भूमि आयोगको मार्फत हुने भूमिको निस्सा वितरण सम्बन्धि सम्पूर्ण कार्य स्थानीय तह निर्वाचनको निर्वाचन आचारसंहिता लागू हुने मितिसम्म स्थगित गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।

निर्वाचन आयोगले ७७ जिल्लाका निर्वाचन अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय र ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तरगत निर्वाचन तथा मतदाता शिक्षा तथा स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख भए बमोजिम निर्वाचनको अघिल्लो दुई दिन मतदाता परिचय पत्र वितरण गर्न निर्देशन दिएको छ ।’