६ आश्विन २०८१, आईतवार
,
Latest
डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति रविलाई पक्राउको हल्लाले पार्टी कार्यालयमा कार्यकर्ताको भिड मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा किर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका नकर्मीले भन्नुभयो, “म उम्मेदवार बन्दै गर्दा किर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीका लागि ‘एक घर एक धारा’ को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

देशका विभिन्न स्थानीय तहमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरुबीच गठबन्धन भए पनि किर्तिपुरमा कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदरवार तथा अन्य पार्टीले भने एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।

कांग्रेस र जसपा संयक्तु प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित किर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको सतरोन्नती तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुट को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिबद्धता पत्रमा भनिएको छ, “प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलके निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरुको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।”