२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध: बार



अ+ अ-

काठमाडौ । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ ।

कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “यस विशेष दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गर्दछौँ ।”

प्रधानन्यायालय ऐन, २००८ को कार्यान्वयन २००९ साल वैशाख २६ गतेदेखि भएकोे सम्झनामा प्रत्येक वर्ष कानुन दिवस उल्लासमय रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा बारले न्यायपालिकालाई यस अवस्थासम्म ल्याई पु¥याउन अग्रणी भूमिका खेल्नु हुने सम्पूर्ण अग्रज व्यक्तित्व र अग्रज कानुन व्यवसायीको समेत स्मरण गरेको छ । रासस