६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
अ+ अ-

तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९ः३० बजेसम्म मात्र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । निर्वाचनको प्रचारप्रसारको क्रममा उनीहरुले गर्ने सभा तथा ¥यालीलगायतका कार्यक्रमको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएर तथा त्यस्ता कार्यक्रम गर्दा एउटै बाटो र स्थान प्रयोग नगर्ने निर्णय भएको छ ।

प्रतिनिधिले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । निर्वाचन विरोधी क्रियाकलाप भइरहेको भेटिए यसको जानकारी प्रहरीलाई दिने निर्णय भएको छ ।

स्थानीय एफएम, रेडियो र पत्रपत्रिकाले निर्वाचन आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्ने तथा निर्वाचन विरोधी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण नगर्ने बैठकमा निर्णय भएको छ । सामाजिक सञ्जालमार्फत कोही कसैप्रति लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्ने तथा नगराउने सहमति भएको प्रशासनले जनाएको छ ।

निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

मतदान केन्द्रमा सामग्री ढुवानी

आसन्न निर्वाचनका लागि आजदेखि मतदान केन्द्रमा सामग्री पठाउने तयारी गरिएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि मतदान सामग्री दिएर कर्मचारी परिचालन गर्न लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको केन्द्रसहितको विवरण सार्वजनिक गरिसकेको छ । छवटा स्थानीय तहलाई आज र चार वटा स्थानीय तहलाई मंगलबार सामग्री बुझाइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार घिरिङ , ऋषिङ, देवघाट , बन्दीपुर र आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकालाई आज तथा व्यास , भानु, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई मंगलबार सामग्री प्रदान गरिनेछ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीको नियुक्ति मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने र सहायक कर्मचारीहरुले नियुक्तिपत्र खटिएको स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध हुने कार्यालयले जनाएको छ ।