६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी
अ+ अ-

गलकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ ।

यही ३० गते हुने निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ ।

जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

“जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्”, उहाँले भन्नुभयो, “मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौँ, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ।”

मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ । मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ । यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९० स्वयंसेवक स्थानीय खटाइनेछन् ।

यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिबार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ ।

“हामीले जिल्लाका १०३ मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौँ, हामीले मतदानस्थललाई अतिसंवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौँ”, उहाँले भन्नुभयो, “यही अनुसार फरक–फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ, आइतबारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकेको छ, विस्तारै २७ गतेसम्म पूर्ण सुरक्षा दिन्छौँ ।”

उहाँका अनुसार जनताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरिएको छ । जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, सशस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको पूरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई छ । म्यादी प्रहरीको सहयोगमा प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ । मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ । रासस