२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह



अ+ अ-

काठमाडौ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताउनुभएको हो । उहाँले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताउनुभयो । आफु काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं ऐतिहासिक शहर हो । विश्व सम्पदा सूचिमा पनि परेको छ । यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यताहरु, सम्पदाहरु छ । यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ । तर त्यो लोप हुने अवस्थामा गइराखेको छ । कसरी गइराखेको छ भने स्थानीय सरकारले ध्यान नपु¥याउँदा र उसले पहल नगर्दा खालि राजनीतिमात्र गर्दाखेरी यस्ता चिजहरु सबै लोप हुन गइराखेको छ । त्यो उजागर गर्न र त्यसलाई संरक्षण र सम्र्वद्धन गर्न मेरो सधैँ पहल हुनेछ र म गर्छु ।’

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताउनुभयो । सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उहाँले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताउनुभयो । पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उहाँको तत्कालिन पार्टीले सो पदमा पठाएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तिनै निमित्त राजाले संसारभरको सुख, सुविधा दिएर तिनलाई सरकारी राज्यकोष प्रयोग गर्न पाउने गरीकन यही मेयर पदमा नियुक्त गर्नुभएको होइन ? नजरबन्दमा रहने नेत्री सिर्जना सिंहसँग राजाको राज्यकोषबाट सुविधा भोग्ने मान्छेको कुनै तुलना हुन्छ ? यो एउटा प्रशंग र एउटा तुलना नै कसले हाम्रो प्रतिनिधिका रुपमा हामीले छनौट गर्नुपर्छ भन्ने कुरालाई निर्णय गर्नका लागि पर्याप्त छ । तर यस बारे धेरै चर्चा हुने गरेको मैले सुनेको छैन ।

त्यहाँ दुईवटा कोणहरुबाट काम भएको मैले बुझ्दछु । उहाँलाई, नाम लिइराख्नु आवश्यक छैन । हाम्रो सिर्जना सिंहजीको प्रतिद्वन्दीलाई राजासँग गहिरो सम्बन्ध स्थापना गर्नका लागि यि बा बादीहरुले नै स्थापित गरेका हुन् त्यहाँ । ताकी भोली दुनो आफुतिर सोझीयो भनेदेखि त्यसबाट प्राप्त गर्ने सम्पूर्ण सुख, सुविधाहरु त्यो नाम गरेको पार्टीले प्राप्त गर्न सकोस् । त्यो एउटा एङ्गल थियो । नत्रभने त्यति सहजै त्यो मानिसले त्यहाँबाट राजीनामा गर्ने, राजीनामा गरिसकेपश्चात फेरी त्यही पार्टीको विभिन्न पदमा घरीघरी पुरस्कृत हुने त्यो इतिहासको बारेमा चिन्तन गर्नु पर्दैन ? अवश्य गर्नुपर्छ ।’

उहाँले काठमाडौं महानगरपालिकाको मेयरमा सिंहलाई विजयी गराउनुपर्ने बताउनुभयो ।