६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी



अ+ अ-

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् । बिरामी भएपछि उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

आइतबार दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरु बिरामी भएका थिए । बिरामी भएलगत्तै उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार शेख इस्तिहार र सोही वडाका अन्य दुई वडा सदस्यका उम्मेदवार बिरामी भएका थिए ।