६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
अ+ अ-

काठमाडौँ । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।

नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् ।

गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ । घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो ।

अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताउनुभयो । उहाँका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

सडकमा लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो

पुनःस्थापना केन्द्रमा हाल काठमाडौँ, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन् । केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन् ।

कार्यकारी निर्देशक जोशीले सो पुनःस्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताउनुभयो ।

संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनःस्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ । यो उनीहरुको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उहाँले बताउनुभयो । केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन् ।

खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन् । कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ ।

अनौपचारिक तथ्याङ्कानुसार हाल नेपालमा एक लाख ५० हजारको हाराहारीमा अश्व प्रजातिका घोडा, खच्चड र गधा रहेको अनुमान छ । तीमध्ये घोडा र खच्चडको सङ्ख्या तुलनात्मक धेरै भएपनि गधाको सङ्ख्या भने न्यून हुँदै गएको छ । यही अवस्था रहीरहे यो लोपोन्मुख जनावरको सूची हुने उहाँले बताउनुभयो । नेपालमा गधाको प्रजनन ज्यादै न्यून हुने गरेको र अधिकांश भारतका विभिन्न स्थानबाट भित्रिने गरेको छ । घोडा र खच्चड भने नेपालका पहाडमा बढी देखिन्छन् ।

एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने पहाडमा ढुवानीका लागि महत्वपूर्ण योगदान रहेको गधा संरक्षण राज्यका तर्फबाट प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । गधालाई घरपालुवा जनावरमा नराखी भारवाहक पशुका रूपमा राखिएको छ ।

स्पष्ट कानुन नहुँदा बिमा गर्न समस्या

स्पष्ट कानुन नहुँदा यसको बिमा गर्न पनि समस्या रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो । अश्व प्रजातिका जनावर बढी पाइने र काम हुने स्थानमा पशु चिकित्सकीय सेवा र तालिम प्रदान गरी यससम्बन्धी सूचना र सचेतना बढाउन उहाँले माग गर्नुभयो । तराईको सम्म मैदानमा बस्ने र काम गर्ने गधालाई उच्च पहाडी भू–भागमा कामका लागि लैजान नहुने उहाँको धारणा छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐनको मर्मअनुरुप पशु कल्याण सुनिश्चित गर्न पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको सूचना अधिकारी डा प्रदीपचन्द्र भट्टराईले बताउनुभयो ।

यसैगरी नेपालमा हालसम्म घोडाको मात्र व्यावसायिक प्रजनन केन्द्र रहेको छ । नेपाली सेनाले चितवनको भरतपुरमा घोडा प्रजनन केन्द्र स्थापना गरेको छ । प्रजनन केन्द्रमा हाल माउ र बच्चा गरी १०० घोडा रहेको र प्रत्येक वर्ष उमेरले परिपक्व भई चढ्नलायकका घोडा काठमाडौँ ल्याइ तालिम गराउने गरिएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँको नारायणहिटी दरबार परिसरभित्र सेनाको उपत्यका कमाण्डअन्तर्गत नेपाल क्याभलरी रहेको र हाल त्यसमा १२० घोडा छन् । सेनासँग रहेका घोडामध्ये प्रजननअनुसार पर्सेरियन, अनुबेरियन र अरेबियन गरी तीन प्रकारका छन् भने काममा प्रयोग गरिनेअनुसार सबैभन्दा सानो घोडा ‘पोनी हर्स, त्यसभन्दा ठूलो ‘राइडिङ हर्स’ र सबैभन्दा ठूलो ‘कार्ट हर्स’ रहेका छन् । रासस