६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

२३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी काउन्सिलको कारबाही

२३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी काउन्सिलको कारबाही
अ+ अ-

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ ।

निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार बिनादर्ता सञ्चालित न्यूज पोर्टलहरूले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गरेपछि कारवाही गरिएको हो । आचारसंहिता उल्लङ्घन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको काउन्सिलले जनाएको छ । चैत २५ गतेदेखि वैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन गरिएको काउन्सिलले जनाएको छ ।

सोहीअनुसार यस अवधिमा ८ वटा सञ्चार माध्यमलाई लिखितरूपमा सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिए ।

काउन्सिलकाअनुसार यस अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने चार वटा सञ्चार माध्यमसँग स्पष्टीकरणसहित जवाफ माग गरिएको छ । त्यस्तै, ११ वटा पत्रपत्रिकालाई आचारसंहिता कार्यान्वयनमा निर्देशन दिइएको छ । एक पत्रिकालाई सचेत गराइएको र एक पत्रिकालाई ध्यानाकर्षण गराइएको बोहराले जानकारी दिनुभयो । त्यस्तै, ८ वटा रेडियोलाई निर्देशन र दुई वटालाई ध्यानकर्षण गराएको काउन्सिलले जनाएको छ । सोहीअनुसार एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई निर्देशन, २ वटालाई सचेत गराइएको छ । सोहीअनुसार आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।