६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु’



अ+ अ-

हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन आग्रह गरेको हो ।

यस्तै, बैठकले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नेरगराउने निर्णय गरेको छ ।

यसैगरी, निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न रहेको देखिएकाले निजलाई उक्त सहायक निर्वाचन अधिकृतको पदबाट हटाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।