२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान लिएर बिकास गर्ने हो ऋण लिएर कसरी तिर्ने: प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले बिकासका लागि ऋण लिन नसक्ने बताउनु भएको छ ।

बुटवलको देवीनगरमा आयोजना गरिएको नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले नेपालले अनुदान मात्र लिने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘ऋण लिएर के गर्ने तीर्न सकिदैन , अमेरिकाले एमसीसी मार्फत अनुदान दिएको फेरी दिईसक्यो , जापान कोरियाले पनि अनुदान दिएको छ , अनुदान लिने हो बिकास गर्ने हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दे सबिधान अनुसार कुनै पनि एकदलको बहुमत आउने अबस्था नरहेका कारण गठबन्धन जोगाउनु पर्ने बताउनु भयो ।

उहाँले पार्टीको महाधिवेशनबाट पनि गठबन्धन लाई अघि बढाउने निर्णय भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।