५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालगायत गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै



फाईल फोटो
अ+ अ-

जनकपुर ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लाग्नुभएको छ ।

जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो । रासस