६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै
अ+ अ-

सुदूरपश्चिमम । आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ ।

आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।

खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताउनुभयो । निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन भइरहेको छ । “भौगोलिकरूपमा विकट मोहन्याललगायत दुईवटा पालिकामा आजै निर्वाचन अधिकृतलाई नियुक्ति दिई खटाउन थालिएको छ”, मुख्य निर्वाचन अधिकृत पनेरुले भन्नुभयो, “अन्य कर्मचारीलाई छिट्टै नियुक्ति दिएर खटाउने काम हुँदैछ ।”

जिल्लामा एक उपमहानगरपालिका ९धनगढी० छ । टीकापुर, लम्कीचुहा, घोडाघोडी, गौरीगङ्गा, भजनी र गोदावरी गरी छ नगरपालिका छन् । बर्दगोरिया, जानकी, जोशीपुर, कैलारी, मोहन्याल र चुरे गाउँपालिका गरी छ गाउँपालिका छन् । मोहन्याल र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका र अन्य पालिका तराई क्षेत्रका पालिका हुन् ।

कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा २४० वटा चुनाव चिह्नको व्यवस्था छ । उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दल, राष्ट्रिय मन्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनाव चिह्न छन् ।

चुनावी चटारो बढेसँगै गाउँबस्ती यतिबेला चुनावी रौनकले छोपिएका छन् । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षा गरेर बसेका छन् । फलस्वप आफ्नो पक्षमा माहौल बनाउन उम्मेदावारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न जनता आतुर भएर बसेको स्थानीय पुष्पराज ओझा बताउनुहुन्छ ।

“एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ”, ओझाले भन्नुभयो, “भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।” उम्मेदवारहरूले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरे पनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।

प्रचार शैली फेरिँदै

चुनावी प्रचार–प्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढङ्गको देखिएको छ । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ । “हातहातमा मोबाइल हुनेहरूको इन्टरनेटमा बढेको पहुँचका कारण चुनावी प्रचार–प्रसारमा सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ”, स्थानीय पत्रकार टेकराज जोशीले भन्नुभयो, “विगतका चुनावमा सामाजिक सञ्जलको प्रयोग निकै न्यूनरूपमा भएको थियो ।”

चुनावी प्रचारका क्रममा विगतका चुनावका बेला व्यापकरूपमा हुने भित्तेलेखन, पम्ल्पेटिङ, माइकिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दलका र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका हुन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको स्थानीय तेजराज उप्रेतीले बताउनुभयो । रासस