५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल कुहिएको फर्सि: केपी ओली



अ+ अ-

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाललाई कुहिएको फर्सिको संज्ञा दिनुभएको छ । शुक्रबार रौतहटको चन्द्रनिगनहपुरमा आयोजित आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो ‘नेकपा एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफै कुहिएको फर्सी हुन् ,कुहिएको फर्सी भएकै कारण अहिले कांग्रेस र माओबादीको पछि पछि लागेर हिडिराख्नु परेको छ’ ।

ओलीले चितवनमा हिजो प्रचण्ड भोट माग्न हैन जनतालाइ धम्काउनु पुगेको समेत बताउनुभयो । प्रचण्डले चितवनको भरतपुरमा आयोजित आमसभामा भरतपुर महानगरपालिकाको गठबन्धन उम्मेदवार रेणु दाहाललाई भोट नहाले देशमा दुर्घटना हुने भन्ने धम्की दिएको स्मरण गदै ओलीले भन्नुभयो ‘अब त्यस्तो धम्कीले जनताले भोट हाल्दैन ।’

अध्यक्ष केपी ओलीले पचास वर्ष अघि विराटनगरको महेन्द्र मोरङ्ग कलेजमा पढदै गर्दा आफुले माधव नेपाललाई भेटेको र सो बेला सम्झाएर, बुझाएर राजनितिमा पूर्णकालिन कार्यकर्ता बनाएर पार्टीको प्रमुख जिम्मेवारीमा राखेको बताउनुभयो । पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षडयन्त्र गरेको थाहा पाएपछि उहाँलाई पार्टीबाट हटाएको बताउदै  ओलीले भन्नुभयो ‘मैले सर्पको बच्चालाई दुध खुवाएको रहेछु ।’गौरमा आयोजित आम सभामा पनि अध्यक्ष ओलीले भन्नुभयो ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मीएको रहेछ ।’ ‘माधव नेपाल कुलङ्घार हुन ।’ ओलीले भन्नुभयो ‘घरमा परिवारमा वा पार्टीमा एउटा कुलङ्घार निस्कियो भने त्यसले विनास गर्छ ।’

माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाएपछि पार्टीले सोही बेला सर्तकता अपनाएको उहाँले बताउनुभयो । कुपात्र भनेर चिनेपछि आफुले माधव नेपाललाई पार्टीबाट हटाउनु परेको उहाँले बताउनुभयो । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उहाँको आरोप थियो । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको उहाँको तर्क थियो ।

गौरको राइसमिलमा नेकपा एमालेको वृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देश र जनताको हित गर्न नसक्ने बताउनुभयो। गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेले स्थानिय निर्वाचनमा आफ्नो जनमत प्रमाणित गर्ने उहाँले दावी गर्नुभयो ।

एमाले अध्यक्ष  ओलीले चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिव आचार्यलाइ जिताएर पठाए चन्द्रपुर नगरपालिकाको बिकासको जिम्मा आफुले लिने बताउनुभएको छ ।