६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

देशमा दुईवटा गठबन्धन छ रोज्ने समय आएको छ: माधव नेपाल

देशमा दुईवटा गठबन्धन छ रोज्ने समय आएको छ: माधव नेपाल
अ+ अ-

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा दुईवटा गठबन्धन रहेकोले रोज्ने समय आएको बताउनु भएको छ । सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले वाम लोकतन्त्रवादी गठबन्धन आफूहरुको नेतृत्वमा रहेको र दक्षिणपन्थी राजावादी गठबन्धन नेकपा एमालेको नेतृत्वमा रहेले रोज्ने समय आएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘देशमा दुईवटा गठबन्धन छ, एउटा वाम लोकतन्त्रवादी र अर्को दक्षिणपन्थी राजावादी अब दुईमध्ये एक रोज्ने समय आएको छ ।’
नेता नेपालले बाहिर राष्ट्रवादको खोल ओढेर भित्र भित्र लम्पसारवादी देखिनेहरु ओली नेतृत्वको गठबन्धनमा सामेल भएको पनि बताउनु भयो ।

नेता नेपालले राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्ने क्रम सुरू भएको दाबी गर्दे दम्भ गर्नेहरूलाई जनताले तह लगाउने बताउनु भयो । उहाँले भन्नुभयो ‘गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसै कसैले सोचेका होलान् तर जनता गफाडीको गफमा भुल्दैनन् ।’

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे मुलुक र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकीर समेत गर्नु भयो । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताउनु भयो । प्रतिगामी कित्तामा उभिएका केपी ओलीको पक्षमा मत खसालियो भने पछुताउनु पर्ने र भावी सन्तानहरुले पनि दुःख भोग्नु उहाँको भनाई थियो ।

ओली नेतृत्वको गठबन्धनले संविधान विरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालको आरोप लगाउनु भयो । उहाँले ओलीले हास्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जतिपनि अस्पतालहरु शिलान्यास गर्ने, विभिन्न परियोजनाहरु सम्पन्न हुनु पाँच वर्ष अघि नै उद्घाटन गर्ने जस्ता गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

अध्यक्ष नेपालले भन्नु भयो, ‘कतिपयको दिमागमा लागेका हुन सक्दछ कि हामी एक्लै पार लगाउन सक्दछौं । यो भ्रमबाट सबैले मुक्त हुन जरुरी छ । अहिले पनि एकतावद्ध भएर जाने कुराको विकल्प छैन । अहिले देशमा दुईटा गठबन्धन छ । अव रोज्नुपर्ने छ –कुन गठबन्धनको पक्षमा लाग्ने ? एउटा प्रगतिशील गठबन्धन छ । बाम लोकतान्त्रिक गठबन्धन छ । र, अर्को भनेको प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ । दक्षिणपन्थी गठबन्धनहरुको नेतृत्व नेकपा एमालेले, केपी ओलीले गरिरहेका छन । जहाँ राप्रपाजस्ता दक्षिणपन्थी शक्तिहरु, राजावादी शक्तिहरु, प्रतिगामी शक्तिहरु, त्यो गठबन्धनमा सामेल छन । विदेशीहरुमा सामू लम्पसार पर्नेहरु त्यो गठबन्धनमा सामेल छन । परिवर्तन विरोधीहरु, त्यो गठबन्धनमा सामेल छन । संविधान विरोधीहरु त्यो गठबन्धनमा रहेका छन । सं

विधानको मर्म र भावनाका विरोधमा बोल्ने र गर्ने त्यस्ता शक्तिहरु त्यो गठबन्धनमा छन भने आजसम्म भएका उपलब्धिहरुको रक्षा गर्नेहरु, संविधान जोगाउनेहरु, समाजवादको बाटोमा अघि बढनेहरु, देशमा सुशासन ल्याउनुपर्छ भन्ने मान्यता बोक्नेहरु, गणतन्त्रका हिमायतीहरु, धर्मनिरपेक्षताका पक्षधरहरु हामी प्रगतिशील गठबन्धनमा छौं । त्यसैले म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई भन्नु चाहन्छु–७७ वटा जिल्लाका मतदाताहरुलाई भन्न चाहन्छु—तपाईहरुले आफ्नो आफनो ठाउँमा प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरुको पक्षमा मतदान गर्नुहोस् । प्रतिगामी कित्तामा उभिएकाहरुको पक्षमा मत खसाल्न प¥यो भने पछि तपाईले पनि पछुताउनु पर्नेछ । तपाईका सन्तानहरुले पनि दुःख भोग्नुपर्नेछ । यदि हामीले भविष्यलाई सुनिश्चित गर्न चाहन्छौं भने, परिवर्तनको यात्रामा जान चाहन्छौं भने अहिलेसम्म प्राप्तभएका उपलब्धि जोगाउनका लागि यो हामीले काम गरेको पाँचदलीय गठबन्धनको अर्को विकल्प छैन ।

त्यसो हुनाले अव धैरे ब्याख्या गरिरहनुपर्ने आवश्यक्ता छैन । किन त्यो प्रतिगामी गठबन्धन हो । कसरी संविधान विरोधी काम उनीहरुले गरे । कसरी संविधान मिच्ने काम भयो । कसरी दुई तिहाइको बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम भयो । कसरी जनमतको अनादर गर्ने कामहरु भए । कसरी मुलुकमा भ्रष्टाचारलाई प्रोत्साहन दिने कामहरु भए । कसरी अत्यन्तै हास्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जतिपनि अस्पताल छन । एकै ठाउँबाट उद्घाटन गर्ने, शिलान्यास गर्ने, ६ महिना एक वर्षपछि सम्पन्न हुने परियोजनाहरुलाई आजै उद्घाटन गरिदिने, पाँच वर्ष पछि सम्पन्न हुनेलाई आजै उद्घाटन गर्ने जस्ता कहिल्यै नहुने काँही नभएको जात्रा केपी ओलीको पालामा हामीले देख्न पायौं । त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिने काम गर्नु हुँदैन ।

त्यसो हुनाले हामीले अहिले जुन अभियान अघि सारेका छौं । गठबन्धनको माध्यामबाट हामी देशव्यापी रुपमा अघि बढेका छौं । ती सबै एउटा पवित्र उद्देश्यलाई ध्यानमा राखेर भएको छ । देशलाई राम्रो दिशामा अघि बढाऔं । सबै खालका अनुचित कुरालाई समाप्त पारौं । भ्रष्टाचारलाई निमिटयान्न परौं । सुशासनको प्रत्याभूति गरौं । विकासको नयाँ मोडल अघि सारौं । कृषिको विकास गर्नेदेखि लिएर उद्योगधन्दाको विकास गर्ने, शिक्षा र स्वास्थ्यको सुविधा जनतालाई उपलब्ध गराउने, शुद्ध खानेपानीको व्यवस्था गर्नेदेखि स्वच्छ, सुन्दर, हराभरा हाम्रा बस्तीहरु कसरी बनाउन सकिन्छ ।’

अध्यक्ष नेपालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ मुलुकको विकास गर्ने उद्देश्यका साथ सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्नु परेको तर्क गर्नु भयो ।

तस्बिर-रत्न श्रेष्ठ, रासस