६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गठबन्धनलाई अलगथलग पार्ने प्रयास हुदैछ: रामचन्द्र पौडेल

गठबन्धनलाई अलगथलग पार्ने प्रयास हुदैछ: रामचन्द्र पौडेल
अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरु उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको हो । उहाँले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु भएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरिमा धकेलेको भन्दै ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘केपी ओलीलाई निमित्त नायक बनाएर यो मुलुकलाई अस्थिरताको भुमरितिर धकेलिएको छ । निमित्त नायक बन्नुभएको छ केपी ओली । यो मुलुकको अस्थिरताको कारक उहाँ बन्नुभएको छ । उहाँले पटक–पटक संसदमाथि प्रहार गर्नुभयो । पटक–पटक यहाँको स्थायित्वमाथि प्रहार गर्नुभयो । पटक–पटक उहाँले यो मुलुकको सुशासनमाथि प्रहार गर्नुभयो । र मुलुकलाई अस्तव्यस्त गराउने काम गर्नुभएको छ । आज उहाँलाई बलियो बनाउन, ओलीलाई नै बलियो बनाउनका लागि यो गठबन्धनलाई कमजोर पार्ने खेल भएको छ ।

यो गठबन्धनभित्रै पनि गठबन्धनभित्रैका मानिसहरुलाई समेत उक्साएर हामी हसियाँ हथौडामा छाप हान्दैनौँ । हामी रुखमा छाप हाल्दैनौँ । हामी यसमा छाप हाल्दैनौ भनेर आफ्नो लकिरको फकिर समात्न लगाएर यो गठबन्धनलाई कमजोर पार्ने कोसिस भएको छ । यो गठबन्धन कमजोर पार्ने भनेको अस्थिरतालाई बलियो बनाउनु हो । अस्थिरताको शक्तिलाई शक्ति दिनु हो । आज जुन प्रवृत्ति देखा परेको छ देशमा, मुलुकलाई अस्थिरतातिर लाने । मुलुकलाई संकटतिर धकेल्ने । र यो मुलुकमा बाहिर राष्ट्रवादको खोल ओढेर भित्र–भित्र लम्पसारवाद अपनाउने त्यो किसिमको प्रवृत्तिलाई आज गठबन्धन कमजोर पारेर त्यसलाई बलियो बनाउने कोसिस भएको छ ।’

वरिष्ठ नेता पौडेलले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै वदलिदो व्यवस्था अनुसार आफुलाई परिवर्तन गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । वर्तमान गठबन्धन नेपालको संविधानले नै माग गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतको जस्तो पार्टीहरुका बिचमा सिद्धान्तको लडाइँ नभएकाले देशको मुल समस्यालाई हेरेर एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘म मेरा साथीहरुलाई भन्न चाहान्छु यो संकिर्णता समातेर होइन । अंगालेर होइन । अलिकति खुला भएर राष्ट्रको आवश्यकता के हो ? लोकतन्त्रको आवश्यकता के हो ? देशको आवश्यकता के हो ? किन राजनीतिक स्थिरता चाहियो ? किन यो संविधान जोगाउनु प¥यो ? किन लोकतन्त्र जोगाउन प¥यो ? त्यो हाम्रो साझा मिशन । .यो गठबन्धनको मिशनमै यो परिवर्तनलाई जोगाउने हो । अग्रगमनलाई बचाउने हो । त्यसोभएकाले अग्रगामी गठबन्धन हो । प्रगतीशिल गठबन्धन हो । अहिलेको संविधानलाई भत्काएर लोकतन्त्रलाई अलगथलग पारेर यो मुलुकमा अस्तव्यस्त गराउने जुनकिसिमको प्रवृत्ति एकातिर हिजोका पुरातन तत्वहरु प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । त्यो प्रतिगामीहरुको गठबन्धन हो भनेर मैले सधै भन्ने गरेको छु ।

आज त्यसैको विचको यो द्वन्द हो । कांग्रेस र कम्युनिष्टको झगडा होइन, आज प्रतिगामी शक्ति र परिवर्तनकामी शक्तिको बिचको द्वन्द भएको छ । यो प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एकजुट भएर यो मुलुकलाई जोगाउनु पर्छ । पुराना सानातिना कुरामा अल्मल्लिने होइन, मुल कुरामा हामीले ध्यान दिउँ । संविधानले पनि संयुक्त सरकारको आवश्यकता र अनिवार्यता औँल्याइसकेको छ । कोलिशन कल्चरको एउटा संस्कृति, संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको छ यो संविधानको समावेशीताको व्यवस्थाले गर्दा । त्यो बदलिदो व्यवस्था अनुसार हामीले आफुलाई परिवर्तन गर्न सक्नुपर्छ । यो अहिलेको संविधानको अपेक्षा हो, संविधानको माग हो यो गठबन्धन ।

नेपालको परिवर्तित व्यवस्थाको माग हो यो गठबन्धन । त्यसकारण यो गठबन्धलाई बलियो बनाएर लैजाऔँ । एक अर्कामा सहयोग गर्ने नयाँ सोचको विकास गरेर जाऔँ । पुरानो संकिर्ण सोचबाट अलिकति अगाडी बढौँ । सिद्धान्तको लडाइँ जुन हिजो थियो आज त्यो रुपमा चर्को रुपमा छैन यहाँ । मुल समस्या देशको त्यसलाई हेरेर एक ठाउँमा हुनुपर्ने आवश्यकताको महशुस भएको अवस्था छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदातालाई भोट हाल्न पनि सिकाउन जरुरी रहेको बताउनुभयो ।

तस्बिर- रत्न श्रेष्ठ, रासस